Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कतारमाथि नेपालको रोमाञ्चक जित

कतारमाथि नेपालको रोमाञ्चक जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०८२ मंगलवार • ०४:५७:१४ बजे
  • 577
    SHARES
  • कतारमाथि नेपालको रोमाञ्चक जित

     नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

    images

    नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।

    नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

    एक समय सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले आजपनि शानदार पुनरागमन गरेको हो । आजपनि दीपेन्द्रको एक रनआउट र आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

    कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले ।

    कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए । नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थियो ।

  • सम्बन्धित विषय:

  • # रोमाञ्चक जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology