Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जिप दुर्घटना, एक महिलाको मृत्यु

जिप दुर्घटना, एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०८२ मंगलवार • ०५:२२:३९ बजे
  • 970
    SHARES
  • जिप दुर्घटना, एक महिलाको मृत्यु

    डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सोमवार राति बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हाे। 

    images


    जिपमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मृत्यु प्रहरीले जनाएको हो। सोमबार राति डेढ बजेको समयमा जिपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको थियो।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार उक्त जिपमा चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेका छन्। प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरी निरीक्षक रावल बताए।


    दुर्घटनापछि जिप चालक घोडाघोडी नगरपालिका–८, मैनापोखरी बस्ने २७ वर्षीय सरोज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology