Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अमेरिकी पासपोर्ट पहिलो पटक टप–१० सूचीबाहिर

अमेरिकी पासपोर्ट पहिलो पटक टप–१० सूचीबाहिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०८२ बुधवार • ०४:५१:१२ बजे
  • 1.6K
    SHARES
  • अमेरिकी पासपोर्ट पहिलो पटक टप–१० सूचीबाहिर

    अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो ।  

    images

    अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।


    सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ, जसले १९३ देशमा भिसा बिना प्रवेश अनुमति पाउँछ । दोस्रो स्थानमा दक्षिण कोरिया १९० देशमा र तेस्रोमा जापान १८९ देशमा भिसा बिना प्रवेश पाउने हैसियतमा छन्।

    इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत छ भने भारतीय पासपोर्ट ७७औं स्थानमा पुगेको छ। 

    सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा भारतले ८ स्थान सुधार गर्दा नेपाल यथास्थितिमा रहेको हो । भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा ।

    नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । 

    सन् २०२५ को पहिलो त्रैमासिकमा पनि नेपाल १०१ औँ स्थानमा थियो भने अघिल्लो वर्ष १०३ औँ स्थानमा रहेको थियो । 

    किन कमजोर भयो अमेरिकी पासपोर्ट?

    धेरै देशहरूले अमेरिकी नागरिकहरूका लागि भिसा नियम कडा बनाएका छन्। ब्राजिलले अप्रिलमा भिसा–फ्री प्रवेश समाप्त गरेको छ । चीनले पनि आफ्नो भिसा–फ्री कार्यक्रममा अमेरिकालाई समावेश गरेन। 

    पपुवा न्यु गिनी, म्यानमार, भारत, सोमालिया र भियतनामका नयाँ नियमहरूले पनि अमेरिकी पासपोर्टको प्रभावमा असर पारेका छन् ।  

    हेनली एन्ड पार्टनर्सका अध्यक्ष क्रिस्चियन एच. कालिनका अनुसार, अमेरिकी पासपोर्टको शक्तिमा आएको गिरावट केवल र्‍याङ्किङ मात्र नभएर यसले विश्वमा शक्ति सन्तुलन बदलिँदै गएको संकेत गर्छ। 

    ‘जो देशहरूले खुलापन अपनाएका छन्, ती अगाडि बढिरहेका छन्। पुरानो सोचमा अडिएका देशहरू पछि परिरहेका छन्,’ उनले भने।

    विशेषज्ञ एनी फोर्जहाइमरका अनुसार, अमेरिकी नीतिहरूको कठोर सोच अमेरिकी पासपोर्टको प्रभाव घट्ने रूपमा देखिएको छ।

    बेलायती पासपोर्ट पनि कमजोर

    यो सूचीअनुसार, बेलायतको पासपोर्ट पनि कमजोर बन्दै छ। यो छैटौं स्थानबाट झरेर आठौँ स्थानमा पुगेको छ। सन् २०१५ मा बेलायती पासपोर्ट पहिलो स्थानमा थियो।

    त्यसैगरी, चीनको पासपोर्ट सन् २०१५ मा ९४औं स्थानमा थियो, जुन अहिले ६४औं स्थानमा पुगेको छ। चीनले ३७ नयाँ देशहरूमा भिसा–फ्री पहुँच पाएको छ।

    चीनले ७६ देशका नागरिकहरूलाई भिसा बिना आफ्नो देशमा प्रवेश अनुमति दिन्छ, जुन अमेरिका भन्दा ३० बढी हो। चीनले रूस, खाडी मुलुकहरू, दक्षिण अमेरिका र युरोपका धेरै देशहरूसँग भिसा–फ्री सम्झौता गरेको छ।

  • सम्बन्धित विषय:

  • # टप–१० सूचीबाहिर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology