Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुल्मीका दुई ठाउँमा आगलागी, घर र गोठ जलेर नष्ट

गुल्मीका दुई ठाउँमा आगलागी, घर र गोठ जलेर नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०८२ शुक्रवार • ११:४७:३२ बजे
  • 1.7K
    SHARES
  • गुल्मीका दुई ठाउँमा आगलागी, घर र गोठ जलेर नष्ट

    गुल्मीका विभिन्न दुई स्थानमा आगलागी हुँदा एक घर र एक गोठ जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका–४ अर्खलेमा इश्वरीप्रसाद भण्डारीको ढुङ्गा–माटोले बनेको टिनले छाएको तीन तले घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

    images

    आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडासमेत जलेका छन् ।

    सोही घरसँग जोडिएको पक्की घरको छतमा बनेका दुई कोठा पनि आंशिक रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

    प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।

    प्रहरीले घरमा कति क्षती भएको भन्ने बारेमा विवरण संकलन गरिरहेको जनाएको छ ।

    त्यसैगरी गुल्मीको चन्द्रकोट गाउँपालिका–५ किटनीमा शुक्रबार राति करिब १०:०० बजे धन बहादुर बिटालुको ढुङ्गा–माटोले बनेको खरको छानो भएको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा र ६ वटा कुखुरा जलेर मृत्यु भएको छ ।

    गोठभित्र रहेको अन्नपात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो बिहान करिब २:०० बजे नियन्त्रणमा लिइएको हो ।

    प्रहरीले क्षतीको विवरण संकलन गरिहरको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology