Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुग्यो

पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७७ शनिवार • १८:५२:५६ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुग्यो
    पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ४५ वर्षीय पुरुष, मोरङमा २०, ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, प्रदेश २ को सर्लाहीमा ७१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
    वागमती प्रदेशको काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ । ललितपुरमा ४३ र ४९ वर्षीय पुरुष र भक्तपुरमा ६८ वर्षीय पुुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै, मकवानपुरमा ७७ वर्षीय पुरुष र धादिङमा ३१ वर्षीया महिलाको ज्यान गएको छ ।
    यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुष र लुम्बिनी प्रदेशको रुपन्देहीमा ५७ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology