Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कपिलवस्तु बस दुर्घटना, एकको मृत्यु, ५ जना घाइते

कपिलवस्तु बस दुर्घटना, एकको मृत्यु, ५ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०८२ बिहिवार • ०५:२९:१२ बजे
  • 664
    SHARES
  • कपिलवस्तु बस दुर्घटना, एकको मृत्यु,  ५ जना घाइते

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसबासमा भएको बस दुर्घटनामा एक जनाको  मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

    images


    वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ८५०६ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

    अन्दाजी ५०–५५ वर्षका पहाडी मूलका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।


    बसमा सवार पाँचजना यात्रु घाइते भएका छन् । उनीहरूको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # ५ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology