Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशका मध्य र पूर्वी भूभागमा झरी लम्बियो

देशका मध्य र पूर्वी भूभागमा झरी लम्बियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०८२ शनिवार • ०५:२४:३४ बजे
  • 1.3K
    SHARES
  • देशका मध्य र पूर्वी भूभागमा झरी लम्बियो

    काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अनुमान गरिए पनि झरी लम्बिएको हो ।

    images

    मौसमविद उज्वल उपाध्यायले मौसमी पूर्वानुमानका तीनवटा मोडेल (सुत्रहरु)को संयुक्त अध्ययन अनुसार यी प्रदेशमा झरी लम्बिएको बताएका छन् ।  

    यस्तो छ झरी लम्बिनुको मुख्य कारण :

    मोन्था आँधी बिहिबारदेदि कमजोर भएपछि, सोमबारदेखि सक्रिय रहेको (तर नबाहिरिएको) पश्चिमी वायुसँग यसको मिश्रण भई एक ठूलो संयुक्त प्रणाली बनेको जनाइएको छ । जसले व्यापक क्षेत्र ढाकेको छ ।
    यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भए पनि बंगालको खाडी नजिकै थाइल्याण्ड्को दक्षिणी भू-भागमा निर्मित र हाल बाङ्ग्लादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा (उत्तर–पश्चिम तर्फ) धकेलियो ।


    यसैबिच, अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको छ। अतः अहिले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट (निलो धर्को) जलवाष्पयुक्त वायुको दबाव परेको अवस्था छ, जसका कारण वर्षा गराउने बादलको ठुलो हिस्सा अहिले गण्डकी–बागमती–कोशी क्षेत्रमा ‘टसमस’ नगरी बसेको छ र लगातार वर्षा भइरहेको छ । हावामा जलवाष्पको मात्रा अत्यधिक भएको हुँदा वर्षा रोकिएको बेला पनि शीत परेजस्तो मसिना पानीका कण झरिरहेका छन् । 


    अब के हुन्छ ? 
    यस्तो अवस्थामा हल्का झरीमात्रै पर्ने र ठुलो वर्षा नहुने मौसमदि उपाध्याले बताएका छन् ।  त्यसैले बाढीको जोखिम भने अत्यन्त न्यून हुन्छ । धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकोले अब यो प्रणाली कती बेर रहन्छ भन्न त्यति सजिलो भने नभएको उनले बताएका छन् ।

    तर बादलको घनत्व घट्ने क्रममा रहेकोले अबको १२ घण्टामा मौसममा उल्लेख्य सुधार आउने सम्भावना रहेको उनले बताएका छन् । साँझ सम्म वर्षा पूर्ण रुपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना भने धेरै रहेको उनको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology