Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०८२ आइतवार • ०४:५७:३६ बजे
  • 1.1K
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    गुल्मीको इस्मा गाउँपालिका–१ भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    शनिबार राति झरनाबाट तम्घासतर्फ आउँदै गरेको लु५६प ८४२६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका रेसुङ्गा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

    मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडाका २७ वर्षीय मोहनसिं बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

    दुर्घटनामा परेको मोटरसाइकल मदनभण्डारी राजमार्गको पक्की सडकबाट १५ मिटर तल खसेको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology