Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छोराले गरे बुवाको हत्या, आमा सख्त

छोराले गरे बुवाको हत्या, आमा सख्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०८२ आइतवार • ०५:०१:५० बजे
  • 862
    SHARES
  • छोराले गरे बुवाको हत्या, आमा सख्त

    गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् ।

    images


    विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए ।

    धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारूले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको बताए ।


    दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि उपचार लागिएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउनको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आमा सख्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology