Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०८२ आइतवार • ०७:४२:१३ बजे
  • 433
    SHARES
  • तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

     काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ ।

    images

    शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन ।

     

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् ।

    शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।

     


    संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ ।

    उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # सनाखत हुन सकेन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology