कुवेत - बाग्लुङ सेवा समाज कुवेतले आगामी २६ डिसेम्बर २०२५ शुक्रवारको दिन खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अङ्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गर्न लागिएको खुल्ला भलिबल प्रतियोगितामा कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सहभागीताको लागि आव्हान गरिएको छ । उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी १९ डिसेम्बरमा साँझ ४ बजेदेखि ६ बजेसम्म माहबुलाको भलिबल ग्राउण्डमा टाइसिट गरिने र टिम दर्ताका लागि शुल्क २५ कुवेती दिनार तोकिएको छ ।
प्रतियोगितामा विजेता टिमलाइ मेडल र नगद २११ कुवेती दिनार पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाइ मेडल र नगद १११ कुवेती दिनार पुरस्कार तथा उत्कृष्ट हुने टिमलाइ ३१ कुवेती दिनारको व्यवस्था गरिएको छ ।