Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०८२ सोमवार • ०८:३३:५४ बजे
  • 550
    SHARES
  • सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

    सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    images

    जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

     

    त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कारोबारका क्रममा (नेपाली समय १० : ५० बजे) सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ । त्यस्तै चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ । १ औंस बराबर २.४३ तोला हुन्छ ।

  • सम्बन्धित विषय:

  • # हालसम्मकै उच्च
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology