Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष सन् २०२६

यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष सन् २०२६

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०८२ बिहिवार • ०४:५८:३० बजे
  • 622
    SHARES
  • यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष सन् २०२६

     आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । विश्वभर उल्लासका साथ यो नयाँ वर्ष मनाइएको छ । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

    images


    नयाँ वर्ष सुरु हुनुअघिको रात सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई भव्य स्वागत गरिएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।


    यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    नेपालका काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ ।

  • सम्बन्धित विषय:

  • # नयाँ वर्ष सन् २०२६
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology