Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अंग्रेजी नयाँ वर्षमा मनाइँदै राष्ट्रिय पोशाक र टोपी दिवस

अंग्रेजी नयाँ वर्षमा मनाइँदै राष्ट्रिय पोशाक र टोपी दिवस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०८२ बिहिवार • ०५:०१:३१ बजे
  • 421
    SHARES
  • अंग्रेजी नयाँ वर्षमा मनाइँदै राष्ट्रिय पोशाक र टोपी दिवस

    इस्वी सम्वतको नयाँ वर्षको दिनलाई नेपालीहरुले राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवसको रुपमा मनाउने गरेका छन् ।

    images

    विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि  केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए ।

     

    यही क्रममा विहीबार बिहान पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गर्दैछन्  ।

    स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा दिवसको कार्यक्रम आयोजना गरेका छन् ।


    राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # पोशाक र टोपी दिवस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology