Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ३ मा झर्‍यो

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ३ मा झर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८२ सोमवार • ०६:२०:३७ बजे
  • 406
    SHARES
  • काठमाडौंमा जाडो बढ्यो, तापक्रम ३ मा झर्‍यो

    जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

    images

    मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस मापन भएको छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ ।

    जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकाले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।

  • सम्बन्धित विषय:

  • # तापक्रम ३ मा झर्‍यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology