Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ

बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०८२ मंगलवार • ०८:०३:०३ बजे
  • 310
    SHARES
  • बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ

    बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१ घर भएका २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय लक्ष्मण तामाङ छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलस्थित सञ्चयकोष अगाडिबाट पक्राउ गरेको हो ।


    उनीहरूले १२ पुसको राति बा २ ख २३२७ नम्बरको ट्याक्सीमा दुई जना बालिकालाई लिएर जान लागेको अवस्थामा प्रहरीले ती बालिकाको उद्धार गरेको थियो ।

    बालिकाहरूमाथि सोधपुछ गर्दा उनीहरूले विभिन्न व्यक्तिहरूलाई फोटो समेत देखाएर रकमको मोलमोलाई समेत गरेर यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका मध्ये लक्ष्मणविरुद्ध ३० असोज २०७३ मा दोलखामा कर्तव्य ज्यान कसुरको मुद्दा दर्ता भएको समेत पाइएको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # आरोपमा दुई जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology