Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरि लकडाउन गर्ने तयारीमा : सरकार

फेरि लकडाउन गर्ने तयारीमा : सरकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७७ सोमवार • ०८:३३:५४ बजे
  • 2.6K
    SHARES
  • फेरि लकडाउन गर्ने तयारीमा :  सरकार
    कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणबाहिर जान थालेपछि सरकारले पुनः लकडाउन गर्ने तयारी गरेको छ । सरकारले निषेधाज्ञा र लकडाउन प्राथमिकतामा नभए पनि महामारी अहिलेकै अवस्थामा अनियन्त्रित रुपमा बढ्दै गए लकडाउन हुन सक्ने स्पष्ट गरेको छ ।


    सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारी अहिलेकै गतिमा बढे लकडाउन हुन सक्ने बताए ।


    नागरिकले स्वास्थ्यसम्बन्धी मापदण्डको अवज्ञा गरिरहे सरकार लकडाउनमा जान बाध्य हुने मन्त्री ज्ञवालीको भनाइ थियो । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न बारम्बार गर्दै आएको अपिलको नागरिक स्तरबाट अवज्ञा भएको भन्दै कडा कदम चाल्न सकिने उल्लेख गरे ।


    ‘सरकारको अहिलेको प्राथमिकता लकडाउन र निषेधाज्ञा होइन’, मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित्र पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘सरकारले पटकपटक अपिल गर्दा पनि नागरिकस्तरबाट संवेदनशीलता देखाएइन । तर, चाडपर्वका बेला नागरिक सचेत नभए लकडाउको अवस्था आउन सक्छ ।’ उनले सरकारको आग्रह र अपिललाई नागरिकले स्वीकार गरे लकडाउनको अवस्था नआउने पनि स्पष्ट गरे । ज्ञवालीले महामारी नियन्त्रणमा सरकारलाई साथ दिन नागरिकलाई आग्रह गरे । उनले दसैं, तिहार र छठजस्ता पर्व मनाउँदा विशेष सतर्कता अपनाउन भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology