Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०८२ बुधवार • ०५:१८:३० बजे
  • 454
    SHARES
  • पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

    पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    images

    रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीले जानकारी दिए । नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ आउँदै गरेको उक्त टिप्पर आज बिहान करिब साढे ४ बजेको समयमा सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा टिप्पर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक चालकको नाम केशव परियार भएको खुलेको छ । अन्य विवरण  नखुलेको प्रहरीको भनाइ छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ हाडथोक र अर्गली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान कार्यमा खटिएको छ ।

  • सम्बन्धित विषय:

  • # चालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology