Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकाको तापक्रम ३ डिग्री, अझै घट्ने अनुमान

उपत्यकाको तापक्रम ३ डिग्री, अझै घट्ने अनुमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०८२ बुधवार • ०५:२२:३३ बजे
  • 394
    SHARES
  • उपत्यकाको तापक्रम ३ डिग्री, अझै घट्ने अनुमान

    आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीसम्म मापन भएको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रटसम्म न्यूनतम तापक्रम मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिए ।ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री मापन भएको हो । उपाध्यायका अनुसार यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।

    images

    तापक्रम घटेकोले जाडो महसुस पनि धेरै भएको छ । आजको न्यूनतम तापक्रमको अन्तिम मापन ८ :४५ बजे गरिनेछ ।यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अझै घट्ने अनुमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology