Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०८२ बुधवार • ०५:२४:०० बजे
  • 349
    SHARES
  • इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

    सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेको हो ।

    images

    परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ ।

    इरानमा रहेका नेपालीलाई आपतकालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौं र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।इरानमा हाल सरकार विरोधी प्रदर्शन चर्किंदै गएको छ । प्रदर्शनका कारण हालसम्म सयाँै मानिसको मृत्यु भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपालीलाई सतर्कता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology