Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिर्जनशील युवा क्लबले भलिबल प्रतियोगिता एवं साँस्कृतिक कार्यक्रम आयोजना गर्दै

सिर्जनशील युवा क्लबले भलिबल प्रतियोगिता एवं साँस्कृतिक कार्यक्रम आयोजना गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०८२ बिहिवार • १८:२१:४८ बजे
  • 2.3K
    SHARES
  • सिर्जनशील युवा क्लबले भलिबल प्रतियोगिता एवं साँस्कृतिक कार्यक्रम आयोजना गर्दै

    तेजिन श्रेष्ठ - सिर्जनशिल युवा क्लबले भलिबल प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

    images

    म्याग्दी बेनपा- ५, पुलाचौरमा क्लबले माघे संक्रातिको अवसर पारेर भलिबल प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम यही ३ माघ देखि ८ गते सम्म आयोजना गर्न लागेको हो । 

    भलिबल प्रतियोगितामा U-20 र खुला  पुरुष भलिबल टिमहरूको सहभागिता रहनेछ । खेलमा भाग लिन प्रत्येक टिमले u-20 (३०००) र पुरुष भलिबल (७०००)  दर्ता शुल्क बुझाउनु पर्नेछ  । प्रतियोगितामा विजेतालाई आकर्षक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

    त्यस्तै प्रतियोतामा पहिलो हुने टिमलाई U - 20 तर्फ ३१,१११ र पुरुष भलिबल तर्फ ७१,१११प्रमाणपत्र, दोस्रो हुनेलाई U-20 तर्फ २१,१११, प्रमाणपत्र , पुरुष भलिबल तर्फ ४१, १११ पुरस्कार दिइने छ । साथै भलिबल लगायत सास्कृतिक कार्यक्रम , पुरुष लट्ठो , महिला लट्ठो , छेलो , अन्धनिसान खेलहरु पनि रहेको क्लबका कार्यक्रम  संयोजक भुवन शर्माले जानकारी दिनु भएको छ ।

    Messenger_creation_DC70A8BF-0039-4CA3-AC8A-C504163F185C.jpeg
    क्लबले खेलकुद प्रेमी बीच मैत्रीपूर्ण सम्बन्ध साथै खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्दै प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology