Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०८२ मंगलवार • ०६:४५:३५ बजे
  • 631
    SHARES
  • दुर्गा प्रसाईं पोखराबाट पक्राउ

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् ।

    images


    कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोही अनुसार हामीले कार्यान्वयन गरेका हौँ,’ उनले भने ।

    पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ ।  नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # पोखराबाट पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology