Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त

नेपाल सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०८२ आइतवार • ११:४४:०१ बजे
  • 1.0K
    SHARES
  • नेपाल सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त

    काठमाडौं - नेपाल सरकारले हालै मध्यपूर्वमा उत्पन्न तनाव र घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै, त्यहाँको वस्तुस्थितिलाई नजिकबाट नियालिरहेको  जनाएको छ । साथै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । 

    images

    विज्ञप्तिमा भनिएको छ “संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै राष्ट्रको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरिनुपर्छ भन्नेमा नेपाल जोड दिन्छ ।" मन्त्रालयले जनताको सुरक्षा प्राथमिकता भएको कुरा स्पष्ट गर्दै, विभिन्न विवाद र मतभेदलाई कूटनीति र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।

    विश्वभर शान्ति र सुरक्षा कायम गर्नका लागि सबै राष्ट्रले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । साथै, नेपालले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पालना हुनुपर्ने र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने दायित्वलाई सबैले निर्वाह गर्नुपर्ने आफ्नो धारणा सार्वजनिक गरेको छ।

    नेपालले विश्व समुदायसँग एकताबद्ध भएर यथासक्य चाँडो तनाव समाधानको प्रयास गर्नुपर्ने कुरामा थप जोड दिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology