काठमाडौं - मध्यपूर्वका खाडी मुलुकमा १७ लाखभन्दा बढी नेपाली नागरिक रहेका छन । परराष्ट्र मन्त्रालयले खाडी मुलुकमा १७ लाख २९ हजार २८८ नागरिक रहेको जानकारी दिएको छ ।
मन्त्रालयका सहसचिव एवं मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले
आइतबार आयाेजना गरेकाे पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन । खाडी मुलुक युएईमा सबैभन्दा बढी करिब ७ लाख नेपाली नागरिक रहेका छन भने सबैभन्दा कम इरानमा ६ जना रहेका छन ।
नेपाल सरकारले हालै इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीच बढ्दो तनाव तथा क्षेत्रीय अस्थिरताका घटनाक्रम र तनाव प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ भने आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
तल उल्लेखित देशहरूमा नेपाली नागरिक रहेको जानकारी दिएका छन् ।
इरानः ६ जना
इजरायल : ६ हजार ५ सय
इजिप्टः ५ सय
ओमनः २५ हजार
कतारः ३ लाख ५७ हजार ९१३
कुवेतमाः १ लाख ७५ हजार
बहराइन : २८ हजार
साउदी अरेबिया : ३ लाख ८४ हजार ८६५
संयुक्त अरब इमिरेट्स : करिब ७ लाख
लेवलनमा १५ सय इराकमा ३० हजार
साइप्रस १७ हजार १७ लाख २९ हजार २८८ नागरिक