Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पीडितको साथी सरु दिदि

पीडितको साथी सरु दिदि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • २०:४७:१९ बजे
  • 6.8K
    SHARES
  • पीडितको साथी सरु दिदि

    सिता सानु

    images

    दलित तथा पीडित महिला दिदीबहिनी लगायत अन्यायमा परेकोहरुको लागि लडिरहने र सामाजिक सेवामा आवद्ध रहनु हुने आदरणीय सरु सुनार दिदीको साहास र हिम्मतदेखेर आज म लगायत धेरै पीडित दिदीबहिनीहरुलाई जिन्दगी जिउने प्रेरणा र हौसला मिलेको छ । उहाँको साहस र हिम्मतको सम्मान व्यक्त गर्दै स्यालुट टक्र्याउन चाहान्छु ।

    साठी लाख दलित बर्ग लगायत लाखौं महिलाहरुको मन मुटुमा बस्न सफल सरु सुनार दिदीलाई हृदय देखि हार्दिक नमन व्यक्त गर्दै अझ धेरै भन्दा धेरै सफलताको कामना गर्दछु । आज उहाँको साहास र आटले गर्दा नै धेरै भन्दा धेरै अन्यायमा परेकाहरुले न्याय पाएका छन भने समाजमा इज्जत सहित ज्यून पाएका छन । गरिब र दुखीले साहरा पाएका छ्न भने अन्यायमा परेकाले न्याय पाएका छन । अन्याय, अत्याचार र बिभेदको विरुद्ध कुनै पनि ठाउमा रहेर आफ्नो आवजलाई बुलन्द पार्ने काम गर्नु उहाको डिउटी जस्तै भएको छ ।

    दिदि अपराधीलाई ठेगान लगाउने काममा कहिल्यै पछि पर्नु भएको छैन । अन्याय र मानबिय बिभेदको वकालत गर्ने, जातिय बिभेदको सवालमा निरन्तर लागी पर्ने सरु दिदि दलित र दलित महिलाको लागी देबिकोरुप हुनुहुन्छ । जब जब दलितमाथि अन्याय अत्याचार हुन्छ तब तब गाउँ गाउँबाट, बस्ती बस्तिबाट, घरघरबाट सरुदिदिको माग । दिदि बास्बमै दलित र महिलाहरुको लागी न्याय दिलाउने न्यामुर्ती हो ।

    सहज असहज दुबै परिस्थितिको सामना गरेर पिडितलाई न्याय दिलाउने कलालाई हामी सबैले सलाम गर्नै पर्छ । मुस्किल भन्दा मुस्किल परिस्थितिमा पनि त्यसको ड्टेर सामना गर्नु उहाको स्वभाव हो । आफ्नो ज्यानको बाजि लगाएर पिडितको पक्षमा आवाज उठाउनु उहाको महानता हो । दलित बर्ग र पिडितहरु प्रती गरेको उहाँको त्याग र बलिदानको सदै उच्च मुल्यांकन गरिनु पर्छ ।

    उहाँलाई सामाजिक संजाल मार्फत धेरै ब्यक्तिहरुले दुख दिने, खुट्टा तान्नेदेखी लिएर अनेकौं गतिविधि गरेकाहरुसङ्ग समाना गर्दै आउनु भएको कुरा हामीसबैलाई अबगत नै छ। उहाँ बाट हामीले धेरै कुरा सिक्न्ने अवसर पाएका छौ आफ्नो बारेमा नसोची देश र समाज् प्रती आफ्नो ज्यान दाउमा लगाउने सरु सुनार दिदी जस्तो महान नारीलाई यो देशको दलित महिला, दिदीबहिनी, र गैर दलित दिदी बहिनी लगायत नेपाली जनता ले मात्रै होइन हाम्रो देशको सरकारले नै सम्मान गर्न आवस्यक छ।

    हाम्रो देशको सम्माननिय पदमा रहनु भएकी महिला रास्ट्रपति बिद्या देबि भन्डारीले गर्न नसकेको दायित्व उहाले पूरा गर्नु भएको छ। सरु सुनार दिदीले नारीको हकहितको लागि सधै अगाडि बढेर बोल्ने र न्याय दिने गर्नु भएको छ, दिदी प्रती आभार प्रकट गर्न हामी कहिल्यै पछि नपरौ ।उहाँको साथमा साथ र हातमा हात मिलाउदै उहाँलाई सदैब सपोट गर्न तप्पर रहनु पर्छ ।

    सरु दिदिले समाजको हरेक परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो बुलन्द आवाज मार्फत चेतना दिप जगाउने काम गर्नु भएको छ। अगामी दिनहरुमा पनि आफ्नो बुलन्द आवाजलाई निरन्तरता दिइरहनु हुनेछ भन्ने आशा गरेका छौँ । हामि साठी लाख दलित लगायत लाखौ नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई बिश्वास रहेको छ । विशेष गरि अन्यायमा परेकाहरुलाई झनै धेरै आशा र भरोसा छ । सरु सुनार दिदी लाई सदैब साठी लाख दलित लगायत लाखौं नेपालीको साथ रहने छ । सधै अन्यायको विरुद्ध आफ्नो आवाज लाई बुलन्द बनाइ रहनु होला हामी हजुरको साथ सदैब हुने छौ । सरु सुनार दिदी लाई सफलताको शुभकामनाको साथै आट र हिम्मत जुटि रहोस ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology