Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पानी जहाजमा काम गर्ने एक नेपाली इरानको कब्जामा

पानी जहाजमा काम गर्ने एक नेपाली इरानको कब्जामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०८२ शुक्रवार • १०:१५:२८ बजे
  • 1.1K
    SHARES
  • पानी जहाजमा काम गर्ने एक नेपाली इरानको कब्जामा

    काठमाडौं - इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । 

    images

    होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति  अमृत झा रहेको बताइएको  छ ।

    परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले होर्मुज क्षेत्रबाट इरानले एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । इरानले होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा नेपाली सहित जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो । 

    अमेरिका, इजरायल र इरानबीच लामो समयदेखि तनाब उत्पन्न भईरहेको छ । इरानले होर्मुज क्षेत्रबाट पानी जहाज आवतजावत बन्द गराएको छ । सोही क्रममा उनी पनि पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।

    इरानले मध्यपूर्वका देशमा रहेका अमेरिकन बेस क्याम्पलाई  लक्षित गरि ड्रोन र मिसाइल आक्रमण गर्दै आएको छ  ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology