Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०८२ मंगलवार • १०:४२:५८ बजे
  • 874
    SHARES
  • मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा सवारी दुर्घटना हुँदा बुटवलका २१ वर्षीय एक युवाले ज्यान गुमाएका छन् ।

    images


     राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने २१ वर्षीय उमेश गुप्ताको दुर्घटनामा परी ज्यान गएको हो ।

    आज बिहान भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेश प्रदेश ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका उनलाई उद्धार गरी थप उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 


    ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा–१ का २९ वर्षीय मुकेश कुमार चौधरी र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक युवाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology