Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु

जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०८२ आइतवार • ०५:२७:४५ बजे
  • 742
    SHARES
  • जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु

    गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक दृष्टिविहीन महिलाको मृत्यु भएको छ।

    images

    जिल्लाको चन्द्रकोट गाउँपालिका-४ रिपास्थित शान्तिपुर-चन्द्रकोट भित्री सडक खण्डमा शनिबारबार साँझ करिब ६:४० बजे चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेको लु१ज १८३४ नम्बरको सफारी जिपले पैदलयात्री तुलसी थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।


    चन्द्रकोट–४ कै करिब ५५ वर्षीया थापा दृष्टिविहीन रहेको र बाटो क्रस गर्ने क्रममा जिपले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी थापाको अनुहार र बाँया खुट्टामा चोट लागेको थियो ।

    उनलाई तत्काल सीएनसी मेडिकल शान्तिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको थियो । तर, राति करिब ११:१० बजे अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।


    जिप चालक चन्द्रकोट–४ डाडाबनका ३१ वर्षीय जीवन फौदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक जाँचमा चालकले मादक पदार्थ सेवन नगरेको खुलेको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology