Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैदेशिक रोजगार विभागले सार्वजनिक गर्‍यो सुधारका काम

वैदेशिक रोजगार विभागले सार्वजनिक गर्‍यो सुधारका काम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०८२ आइतवार • ०५:०३:४१ बजे
  • 772
    SHARES
  • वैदेशिक रोजगार विभागले सार्वजनिक गर्‍यो सुधारका काम

     वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पछिल्ला दिनमा गरेका सुधारात्मक तथा नियन्त्रणमुखी कदम सार्वजनिक गरेको छ ।

    images

    शुक्रबार आयोजित कार्यक्रममा विभागले वर्तमान सरकार गठनपछि श्रमिकको हकहित संरक्षण, सेवा प्रवाह सहजता र ठगी नियन्त्रणका क्षेत्रमा गरेको काम तथा प्रक्रियागत विषय सार्वजनिक गरेको हो ।

    विभागका अनुसार इजाजतपत्र नलिई वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने व्यक्ति वा संस्थामाथि कडाइ गरिएको छ । वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारबाही गरिने स्पष्ट पार्दै त्यस्ता गतिविधिबारे सूचना दिन आह्वान गरिएको छ  श्रमिकले नबुझी करारमा हस्ताक्षर गर्ने समस्या समाधान गर्न वैदेशिक रोजगार कम्पनीहरूलाई अन्तर्वार्ता फारम नेपाली वा नेपाली–अंग्रेजी दुवै भाषामा राख्न निर्देशन दिइएको छ ।

     


    सेवा प्रवाह छरितो बनाउन श्रम स्वीकृतिको अनलाइन टोकन प्रणाली खारेज गरी ‘क्यु–फ्रि’ व्यवस्था लागु गरिएको विभागले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरे एकै दिनभित्र श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । त्यस्तै वैदेशिक रोजगारीमा समस्या परेका श्रमिकका लागि राहत, उद्धार तथा क्षतिपूर्ति प्रक्रिया सहज बनाउन ह्वाट्सएप र इमेल मार्फत गुनासो दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

    विभागले वैदेशिक रोजगारीमा समस्यामा परेका श्रमिकको उद्धारका नाममा गैरकानुनी गतिविधि नगर्न पनि चेतावनी दिएको छ । साथै, अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँभन्दा बढी लिएको पाइए अनुमति स्वत: खारेज हुने जनाएको छ ।

    कार्यालयभित्र हुने कामकारबाही निगरानीका लागि सीसी क्यामरा जडान गरी महानिर्देशकको कार्यकक्षबाट निगरानी गर्ने व्यवस्था गरिएको छ ।

    ठगीसम्बन्धी मुद्दा व्यवस्थापन व्यवस्थित बनाउन अनलाइन प्रणाली विकासको काम भइरहेको र जिल्ला प्रशासन कार्यालयसँग पनि प्रणाली जोडिने तयारी गरिएको विभागले जनाएको छ ।

    वैदेशिक रोजगारी सम्बन्धी ठगी अनुसन्धान विभागबाट मात्र हुने व्यवस्थाका कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको भन्दै ऐन संशोधन प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेस गरिएको छ । अब विभागले हरेक तीन दिनमा ठगीसम्बन्धी मुद्दाको विवरण (प्रतिवादी, ठेगाना र बिगो रकम सहित) वेबसाइट मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

    अनुगमनतर्फ चालु आर्थिक वर्ष विभिन्न महिनामा गरी दर्जनौं राहदानी बरामद गरिएको र पीडितलाई ३० लाखभन्दा बढी रकम फिर्ता गराइएको छ । त्यस्तै राहत, उद्धार तथा समन्वय शाखामा परेको ७ सय ३० उजुरीमध्ये ४ सय ३१ वटा समाधान गर्दै ४ करोड ४३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ ।

    मुद्दा तथा अनुसन्धान शाखामा परेको ३ हजार ६ सय ७२ उजुरीमध्ये ३ सय ९० वटा मिलापत्र र ३ सय ८ वटा अभियोग दर्ता गरिएको छ । मिलापत्र मार्फत मात्रै ३ करोड ३८ लाख ७९ हजार रुपैयाँ पीडितलाई फिर्ता गराइएको विभागको तथ्यांक छ । विभागले वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्दै पारदर्शिता र उत्तरदायित्व बढाउने अभियान अझ तीव्र बनाइने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology