Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जातीय विभेद गर्दै बालकलाई कुटेको आरोपमा तीन जना पक्राउ

जातीय विभेद गर्दै बालकलाई कुटेको आरोपमा तीन जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०८३ बुधवार • ०६:०३:५८ बजे
  • 595
    SHARES
  • जातीय विभेद गर्दै बालकलाई कुटेको आरोपमा तीन जना पक्राउ

     रोल्पाको गंगादेव गाउँपालिका–५ फुवबास जोगिडारामा दलित समुदायका नाबालकलाई कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा सोही गाउँका टोपबहादुर खत्री, मस्त बहादुर खत्री र भक्तबहादुर खत्री छन् । 


    आरोपीहरूले वैशाख ११ मा १० वर्षीय लोकेन्द्र बिक ‘खगेन्द्र’लाई निर्घात कुटपिट गरेको उजुरी आएको रोल्पाका डीएसपी वीरेन्द्र बिर विश्वकर्माले रातोपाटीलाई बताए । 


    आरोपीहरू विरुद्ध प्रहरीले भेदभावजन्य र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


    सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा बालकको आँखामा गहिरो चोट देखिन्छ । आरोपीहरूले मदिरा किन्न पठाएको र बालकले अस्वीकार गरेपछि दलित भनेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

  • सम्बन्धित विषय:

  • # आरोपमा तीन जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology