Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? ठगीबाट बच्न म्यानपावरलाई बुझाउने रकम बैंकबाटै भुक्तान गर्न आग्रह

वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? ठगीबाट बच्न म्यानपावरलाई बुझाउने रकम बैंकबाटै भुक्तान गर्न आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०८३ बिहिवार • १४:३२:२२ बजे
  • 826
    SHARES
  • वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? ठगीबाट बच्न म्यानपावरलाई बुझाउने रकम बैंकबाटै भुक्तान गर्न आग्रह

    काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा जान चाहने नागरिकहरूलाई म्यानपावर कम्पनीसँग गर्नुपर्ने आर्थिक कारोबारलाई पारदर्शी र सुरक्षित बनाउनका लागि अनिवार्य रूपमा बैंकिङ्ग माध्यमको प्रयोग गर्न अनुरोध गरिएको छ । 

    images

    वैदेशिक रोजगारमा जान चाहने प्रत्येक नेपाली नागरिकले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई आवश्यक सेवा शुल्क बुझाउँदा अनिवार्य रूपमा बैंकिङ्ग माध्यमको प्रयोग गर्नुपर्ने छ। सरकारले निर्धारित गरेको रकमको भुक्तानी गरेपछि प्राप्त हुने प्रमाण, कागजात, र अनलाइन कारोबारको विवरण सुरक्षित राख्न पनि आग्रह गरिएको छ । 

    ठगीको घटनामा कमी ल्याउन र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि यो कदम चालिएको हो । नगद कारोबार गर्दा प्रमाण पुऱ्याउन कठिन हुन्छ, जसले गर्दा ठगीका घटनाहरूमा वृद्धि भएको छ । त्यसैले नगदमा आर्थिक लेनदेन वा कारोबार नगर्नका लागि अनुरोध गरिएको हो ।

    कुनै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी, सो संस्थासँग आबद्ध कर्मचारी/प्रतिनिधि, वा अन्य व्यक्तिहरूले नगद कारोबार गरिएको पाइएमा कडा कदम चालिने जनाएको छ । कानून अनुसार उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिनेछ ।

    यो निर्णयले वैदेशिक रोजगारीका लागि जाने नागरिहरूलाई ठगीबाट बच्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । हालका वर्षहरूमा वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका घटनाहरूमा वृद्धि भएकोले यो कदम चालिएको हो ।

    1777556950453.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology