Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विभिन्न हिमालमा ३ नेपालीसहित ५ जनाको मृत्यु

विभिन्न हिमालमा ३ नेपालीसहित ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०८३ बिहिवार • ०५:२३:२२ बजे
  • 463
    SHARES
  • विभिन्न हिमालमा ३ नेपालीसहित ५ जनाको मृत्यु

     सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ ।

    images

    नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए ।


    विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन नेपाली र दुई विदेशी छन् । सगरमाथा क्षेत्रमा निधन हुनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा रहेका छन् । लाक्पा सेभेन समिट, घिमिरे ट्याग नेपाल, फुर गेल्जेन काइटु एक्सपिडिसनमा आबद्ध थिए । 


    यस्तै, चेक रिपब्लिकका आरोही डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको पनि मृत्यु भएको छ । आइएएम ट्रेकिङ कम्पनीमार्फत गएका डेभिडको मकालु दुई र सेभेन समिटमार्फत गएका जोहानेसेनको मकालुमा निधन भएको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ५ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology