Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मरुभूमिको रापमा नेपाली पसिना: श्रमको उचित मूल्य कस्को जिम्मा?

मरुभूमिको रापमा नेपाली पसिना: श्रमको उचित मूल्य कस्को जिम्मा?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०८३ शुक्रवार • २०:५६:१३ बजे
  • 1.6K
    SHARES
  • मरुभूमिको रापमा नेपाली पसिना: श्रमको उचित मूल्य कस्को जिम्मा?

    मयूरपाटी, 

    images

    २९ मे, २०२६

    कुवेत लगायतका खाडी मुलुकहरूमा ग्रीष्मकालीन मौसमको सुरुवातसँगै तापक्रममा ह्वात्तै बढेको छ । अत्यधिक गर्मी र तातो हावाका कारण यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरूले आफ्नो स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिन जरुरत छ । विशेष गरी निर्माण क्षेत्र, ग्यास प्लान्ट, तेल उत्पादन, सरसफाइ र कृषि जस्ता बाह्य वातावरण (आउटडोर) मा शारीरिक श्रम गर्ने नेपाली श्रमिकहरू यो जोखिममा पर्न सक्छन । कुवेत सरकारले आगामी जुन देखि जुलाईसम्म दिनमा काम गर्न प्रतिबन्धित गरे तापनी रातको समयमा समेत गर्मी हुने हुदा यो समय श्रमिकका लागि कष्टकर हुने गर्दछ । 

    खाडी क्षेत्रका विभिन्न मौसम विज्ञान विभागहरूले जारी गरेको हालैको पछिल्लो तथ्याङ्क अनुसार कुवेत, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) का कतिपय क्षेत्रमा तापक्रम ४२ देखि ५० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ । त्यस्तै कुवेतमा गर्मीले यस वर्षकै नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको कुवेतका कतिपय स्थानमा अधिकतम तापक्रम ५० डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ । कुवेत मौसम विज्ञान विभागका कार्यवाहक निर्देशक धिरार अल–अलीका अनुसार आगामी दिनहरूमा तापक्रम थप बढ्नुका साथै उत्तर-पश्चिमी तीव्र हावा चल्ने सम्भावना रहेको छ । 

    त्यसैगरी मौसमी उतारचढावले मरुभूमिको धुलो उडाउने र कतिपय स्थानमा दृश्यता (भिजिविलिटी) शून्यमा झार्ने चेतावनी दिइएको छ । तटीय क्षेत्रहरूमा भने उच्च आर्द्रता (ह्युमिडिटी) का कारण गर्मीको महसुस अझ बढी हुने अधिकारीहरूले जनाएका छन् । धुलो र उकुसमुकुस मौसमले श्वासप्रश्वासका बिरामी र शारीरिक श्रम गर्नेहरूलाई थप जोखिममा पार्ने देखिन्छ ।

    त्यस्तै अत्यधिक गर्मीका कारण मानव शरीरमा दुई प्रकारका मुख्य समस्या देखिन सक्छन्: 'हिट स्ट्रोक' (लु लाग्ने) र 'डिहाइड्रेसन' (जलवियोजन) । शरीरको तापक्रम सन्तुलनमा राख्न नसक्दा बेहोस हुने, अत्यधिक टाउको दुख्ने, मांसपेसी बाउँडिने र समयमै उपचार नपाए ज्यानै जान सक्ने जोखिम रहन्छ । त्यसैले कार्यस्थलमा रहँदा वा कोठामा बस्दा विशेष सावधानी अपनाउनु पर्दछ । 
    खाडी मुलुकमा बढ्दो अत्यधिक गर्मी र यहाँ कार्यरत नेपाली श्रमिकहरूको समस्या साँच्चिकै चिन्ताजनक छ। कडा मिहिनेत र पसिना बगाएर देशको अर्थतन्त्र धान्ने श्रमिकहरूको उचित पारिश्रमिक, स्वास्थ्य, सुरक्षा र अधिकारको लागि बोल्दिने खै ? खाडीका धेरै जसो कम्पनीमा बिरामी पर्दा उपचार त परको कुरा हो बिरामी बिदा समेत नपाउने अवस्था छ । न त त्यो न्यून तलब पनि समय मै पाउछन् ।  खाडीमा यो प्रचण्ड गर्मीमा बाध्यताले पसिना बगाउने श्रमिकको लागि नयाँ सरकारले केही गर्छ कि भन्ने धेरैको आशा छ तर त्यो आशा निराशा मै सिमित नहोस् । 

    खाडीबाट वार्षिक खर्बौं रुपैयाँ रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्र धान्ने श्रमिकहरूको सुरक्षाका लागि नेपाल सरकारले आवश्यक कदम चाल्न जरुरत छ। हालै मध्यपूर्वमा उत्पन्न तनावका कारण धेरै नेपालीको रोजिरोटी खोसिने सम्भावना छ । आर्थिक संकट र 'बिना तलब बिदा' (Unpaid Leave) जस्ता समस्यामा मन्त्रालयले दरिलो कूटनीतिक पहल चाल्न जरुरी देखिएको छ । 

    वैदेशिक रोजगारीको सिलसिलामा खाडी पुगेका नेपाली श्रमिकहरूका लागि मौसमको यो चुनौती नयाँ नभए पनि वर्षेनी बढ्दो तापक्रमले जोखिमको स्तर बढाउँदै लगेको छ । आफ्नो स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरा आत्मसात गर्दै श्रमिक स्वयंले सतर्कता अपनाउनु नै यसबाट बच्ने उत्तम उपाय हो । सुरक्षित कार्य वातावरण र स्वास्थ्य सचेतनाले मात्र खाडीको यो प्रतिकूल मौसममा नेपाली श्रमिकहरूको जीवन रक्षा गर्न सकिन्छ ।

    गर्मीबाट बच्न निम्न उपायहरू अपनाउनु पर्दछ । 

    १. समयको व्यवस्थापन: दिउँसो ११ बजेदेखि ४ बजेसम्मको समयमा सूर्यको किरण सिधा र चर्को हुने भएकाले यो अवधिमा सम्भव भएसम्म बाहिर ननिस्कने  । बाह्य क्षेत्रमा गर्नुपर्ने कामहरू बिहान सबेरै वा साँझको समयमा मात्र गर्ने गरी कार्यतालिका मिलाउने । 
    २. निरन्तर जलपान: शरीरमा पानीको मात्रा कम हुन नदिन तिर्खा नलागे पनि हरेक २० देखि ३० मिनेटको अन्तरालमा पानी पिउनुपर्छ । सादा पानीका साथै कागती पानी, नरिवलको पानी र जीवनजल (ORS) को सेवन गर्नु पर्दछ ।
    ३. खानपानमा सुधार: कडा चिया, कफी र धेरै चिनी भएका पेय पदार्थहरूले शरीरलाई थप डिहाइड्रेट गर्ने हुँदा यस्ता चिजको सेवन कम गर्नुपर्छ । धेरै चिल्लो र मसलादार खानेकुराको साटो फलफूल (खर्बुजा, काँक्रो) र सजिलै पच्ने हल्का खाना खानु उपयुक्त हुन्छ ।

    ४. पोशाक र व्यक्तिगत सुरक्षा: गर्मीमा शरीरलाई सितल राख्न सुतीको, हल्का र खुकुलो कपडा लगाउनु पर्छ । बाहिर निस्कनै परेमा छाता, टोपी र घामबाट बच्ने चश्माको प्रयोग अनिवार्य गर्नुपर्छ ।

    ५. विश्राम र प्राथमिक उपचार: कामको बीच-बीचमा चिसो वा छहारी भएको ठाउँमा विश्राम गर्नुपर्छ । यदि काम गर्दागर्दै चक्कर लाग्ने, बान्ता हुने वा धेरै कमजोरी महसुस भएमा तुरुन्तै काम रोकेर प्राथमिक उपचार खोज्नुपर्छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology