Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

लुम्बिनी समाज कुवेतको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा, ११ टिम मैदानमा उत्रिने

लुम्बिनी समाज कुवेतको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा, ११ टिम मैदानमा उत्रिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०८३ मंगलवार • १६:३०:०४ बजे
  • 1.2K
    SHARES
  • लुम्बिनी समाज कुवेतको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा, ११ टिम मैदानमा उत्रिने

    कुवेत - प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र खेलकुदको प्रवर्द्धनमा सक्रिय लुम्बिनी समाज नेपाल, कुवेतले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ‘बृहत् अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता’ को सम्पूर्ण तयारी पूरा भएको छ।

    images

    "सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिताले कुवेतमा रहेका नेपाली खेलप्रेमीहरू माझ ठूलो उत्साह जगाएको छ ।

    आगामी शुक्रबार, १२ जुन २०२६ का दिन अबुहलिफाको खेल मैदानमा आयोजना हुने यस विशेष खेलकुद उत्सवमा कुवेतमा रहेका नेपाली खेलाडीहरूका विभिन्न ११ वटा सशक्त भलिबल टिमहरू NFC 'B', बाग्लुङ सेवा समाज, कल्याणकारी नेपाली युवा समाज, पूर्वपश्चिम, तनहुँ सेवा समाज, मोना कुवेत, NFC 'A', गुल्मी सेवा समाज, मगर सघ शाखा कुवेत, लुम्बिनी समाज र हरियाली जलिबबीच उपाधिका लागि महाभिडन्त हुनेछ ।

    1781021152016.jpg

    खेलकुद क्षेत्रमा आफ्नो बलियो पहिचान बनाएका यी टिमहरूबीच उपाधि हात पार्नका लागि कडा निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

    आयोजक लुम्बिनी समाज नेपाल, कुवेत परिवारले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजिवि, भलिबल खेल प्रेमी, सञ्चारकर्मी तथा आम दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन र कार्यक्रम सफल पारिदिन अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology