Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ

युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८३ आइतवार • ०६:३१:५४ बजे
  • 619
    SHARES
  • युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ

     झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दल्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images

    पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि दुर्व्यवहार गर्ने उनीहरूलाई घटनामा प्रयोग भएका सामग्रीसहित नियन्त्रणमा लिइएको हो।


    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ २९ गते बेलुका साढे ६ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेस्थित राजगढ जाने बाटोमा यो घटना भएको हो। स्थानीय मानिसहरूले बिर्तामोड २ बस्ने २१ वर्षीया सबिना राजबंशीलाई नियन्त्रणमा लिई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दलेका थिए। घटनाबारे जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पीडितको उद्धार गर्नुका साथै घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो।


    पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी र १९ वर्षीया पुजा बस्नेत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको कालो मोबिलको बट्टा र विभिन्न किसिमका १६ थान पम्प्लेट समेत बरामद गरेको छ।


    कालो मोसो दलिएकी सबिना राजबंशीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


    पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology