Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन

टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०८३ सोमवार • ०५:३४:४६ बजे
  • 409
    SHARES
  • टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन

    कैलालीमा टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । 

    images

    छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् । 


    समितिलाई सत्य तथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

    गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भिरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।

  • सम्बन्धित विषय:

  • # छानबिन समिति गठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology