Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूले अब अनिवार्य रूपमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्ने

वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूले अब अनिवार्य रूपमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८३ मंगलवार • १३:४०:४० बजे
  • 661
    SHARES
  • वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूले अब अनिवार्य रूपमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्ने

     वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूले अब अनिवार्य रूपमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ । साउदी सरकारले स्किल भेरिफिकेसन प्रोग्राम लागू गरेसँगै बुधबारदेखि सीप प्रमाणीकरण नभएका श्रमिकले साउदीका लागि श्रम स्वीकृति नपाउने भएका हुन् ।

    images

    साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार, दक्ष श्रमिकको व्यावसायिक मापदण्ड सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको छ । यस प्रक्रियाका लागि श्रमिकले कुल १०० अमेरिकी डलर -करिब १५ हजार नेपाली रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । जसमा ५० डलर परीक्षा शुल्क र ५० डलर पूर्वसिकाइ मान्यता शुल्क समावेश छ ।
    श्रमिकले प्रोफेसनल भेरिफिकेसन पोर्टल मार्फत आफ्नो विवरण दर्ता गर्नुपर्ने छ । छनोट गरिएको पेसाअनुसार सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनुपर्नेछ । 


    परीक्षा उत्तीर्ण भएपछि व्यावसायिक मान्यता प्रमाणपत्र जारी हुनेछ । जुन साउदीको भिसा प्रक्रियाका लागि सिधै मोफा प्रणालीमा एकीकृत हुनेछ । हाल सुरुवाती चरणमा निर्माण क्षेत्रका श्रमिक, सामान लोड–अनलोड गर्ने, भरिया र ठेला चलाउने लगायतका ५ वटा मुख्य पेसामा यो नियम लागू गरिएको जनाएको छ। साउदी सरकारले आगामी दिनमा अन्य पेसाहरूमा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology