Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वदेशी विमानस्थलबाट मात्रै श्रमिकलाई विदेश पठाउन विभागको आग्रह

स्वदेशी विमानस्थलबाट मात्रै श्रमिकलाई विदेश पठाउन विभागको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८३ मंगलवार • १३:४८:१२ बजे
  • 763
    SHARES
  • स्वदेशी विमानस्थलबाट मात्रै श्रमिकलाई विदेश पठाउन विभागको आग्रह

     वैदेशिक रोजगार विभागले स्वदेशी विमास्थल प्रयोग गरेर मात्रै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन अनुरोध गरेको छ ।

    images

    पछिल्लो समय भारत तथा विभिन्न देशका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आएपछि विभागले सचेत गराउँदै स्वदेशी विमानस्थलबाट मात्रै पठाउन अनुरोध गरेको हो ।


    वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीका लागि पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनुपर्ने व्यवस्था छ । कुनै कारणवशः विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको स्वीकृति लिएर मात्रै पठाउन सकिने व्यवस्था छ ।

    म्यानपावरले ऐनको दफा २२ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ अनुसार मात्रै स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिक पठाउन सूचित गराएको हो । विभागले म्यानपावरहरूलाई परिपत्र गर्दै तीन महिनामा श्रम स्वीकृति लिएको, विदेश पठाएको विवरण समेत माग गरेको छ । विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण माग गरेको हो । नेपालको विमानस्थल प्रयोग नगरी अन्यत्रबाट पठाएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्वदेशी विमानस्थल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology