Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जेठ महिनामा रोजगारीका लागि ६१ हजार विदेशिए

जेठ महिनामा रोजगारीका लागि ६१ हजार विदेशिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८३ मंगलवार • १३:५३:३३ बजे
  • 775
    SHARES
  • जेठ महिनामा रोजगारीका लागि ६१ हजार विदेशिए

     जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् ।

    images

    जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन् । वैशाख महिनामा भने ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।


    वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले कमी आएको हो । जेठ महिनामा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना, जी–टु–जी मार्फत ६ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

    एक महिनाको अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने विभिन्न देशमा विना कागजात बनेका ९१ जना वैधानीकरण भएका छन् ।


    जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् । मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै यूएईका लागि ५ हजार ३ सय ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना, रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # ६१ हजार विदेशिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology