Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

लुम्बिनी समाज नेपाल कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई, बागलुङ सेवा समाज उपविजेता

लुम्बिनी समाज नेपाल कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई, बागलुङ सेवा समाज उपविजेता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०८३ शनिवार • १३:४९:४८ बजे
  • 937
    SHARES
  • लुम्बिनी समाज नेपाल कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई, बागलुङ सेवा समाज उपविजेता

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘लुम्बिनी समाज नेपाल - अल मुल्ला एक्सचेन्ज भलिबल टुर्नामेन्ट २०२६’ को उपाधि आयोजक टोलीले नै जितेको छ। कुवेतको अबुहलिफास्थित टेक्निकल कलेजमा हालै सम्पन्न उक्त प्रतियोगितामा बागलुङ सेवा समाज कुवेतले दोस्रो र नेपाल मगर संघ शाखा कुवेतले तेस्रो स्थान हासिल गरेका छन्।

    images

    जुन १२ र १९ तारिख गरी दुई चरणमा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले गरेका थिए । समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सचिव सुजन केसी, एनआरएनए एनसीसी कुवेतका अध्यक्षद्वय विकास सिंह र दिलबहादुर पाख्रिन, तथा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल लगायत विभिन्न नेपाली संघ-संस्था तथा नेपाली राजनीति दलका वैदेशिक भातृ सस्थाका प्रमुख/ प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

    1781963208726.jpg

    खेलकुदको माध्यमबाट प्रवासी नेपालीहरूबीच भ्रातृत्व र एकता बढाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा कुवेतमा क्रियाशील विभिन्न नेपाली समाज र संस्थाहरूका ११ टोलीले प्रतिस्पर्धा गरेका थिए । अनुशासित र भव्य रूपमा सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले प्रथम स्थान सहित मुख्य ट्रफी हात पार्न सफल भयो ।

    1781924957687.jpg

    उक्त प्रतियोगिताले प्रवासमा रहेका नेपालीहरूलाई खेलकुदमार्फत एकताबद्ध बनाउनुका साथै स्वस्थ मनोरञ्जन र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । विजयी टोलीहरूलाई कार्यक्रमका अतिथिहरूद्वारा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology