Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा वर्षाको सम्भावना ६० प्रतिशत

पोखरामा वर्षाको सम्भावना ६० प्रतिशत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८३ मंगलवार • ०५:५८:०२ बजे
  • 124
    SHARES
  • पोखरामा वर्षाको सम्भावना ६० प्रतिशत

     मौसम पूर्वानुमान महाशाखाका अनुसारअनुसार मंगलबार देशका प्रमुख क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ। पूर्वानुमानअनुसार आज दिउँसो धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा वर्षा हुने सम्भावना ६० प्रतिशत छ। 

    images

    यी सहरहरूका साथै डडेल्धुरा, दिपायल, जुम्ला, घोराही, धनकुटा, विराटनगर र धरानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। भैरहवा, सिमरा, जोमसोम र जनकपुरमा भने दिउँसो हल्का वर्षा मात्र हुने पूर्वानुमान गरिएको छ। 

    तापक्रमतर्फ आज दिउँसो धनगढी र नेपालगञ्जमा सबैभन्दा बढी ३५ देखि ३७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ। जोमसोममा सबैभन्दा कम २३ देखि २५ डिग्री सेल्सियस तापक्रम रहनेछ। देशको संघीय राजधानी काठमाडौँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहनेछ।

    आज रातिको मौसम पनि दिउँसोको जस्तै बदली रहनेछ। रातिको समयमा पोखरा, काठमाडौँ, विराटनगर र ताप्लेजुङमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना ६० प्रतिशत छ। अन्य सहरहरूमा वर्षाको सम्भावना ४० प्रतिशत मात्र रहेको छ। 

    राति जोमसोम र जिरीमा हल्का वर्षा हुनेछ भने बाँकी सबै सहरमा मध्यम वर्षा हुने पूर्वानुमान छ। रातिको न्यूनतम तापक्रम जोमसोममा सबैभन्दा कम १४ देखि १६ डिग्री सेल्सियस रहनेछ। भैरहवा र जनकपुरमा रातिको न्यूनतम तापक्रम सबैभन्दा बढी २८ देखि ३० डिग्री सेल्सियस रहनेछ। 

    काठमाडौँको न्यूनतम तापक्रम राति २० देखि २२ डिग्री सेल्सियससम्म झर्नेछ।

  • सम्बन्धित विषय:

  • # सम्भावना ६० प्रतिशत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology