Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाउजूको हत्या आरोपमा देवर पक्राउ

भाउजूको हत्या आरोपमा देवर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८३ मंगलवार • ०६:०६:०० बजे
  • 613
    SHARES
  • भाउजूको हत्या आरोपमा देवर पक्राउ

    मोरङको ग्रामथानमा सोमबार राति महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

    images

    ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


    मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सीमाको घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । उनले घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेका थिए ।

    सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    देवर-भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन् । खुकुरीले दाहिने कुममा गहिरो चोट लागेका छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आरोपमा देवर पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology