Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८३ मंगलवार • ०६:०७:३४ बजे
  • 469
    SHARES
  • श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ

    सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर-४  सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् ।

    images

    प्रतिवादी सादयले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२  बजेको समयमा हत्या गरेको आरोप छ ।

     

    उक्त घटनापश्चात फरार रहँदै आएका सदायलाई आफ्नै घर सिल्हटमा लुकुछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुबीच छोरीको जन्म मृत्यु भएपछि सोही विषयलाई लिएर विवाद भएको थियो । त्यसै विवादका कारण रुन्जेले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले बताए ।


    मृतक गीतका बुवा सुकराती सदाको जाहेरी अनुसार मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology