Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु

खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८३ आइतवार • ०६:२३:१० बजे
  • 238
    SHARES
  • खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु

    खोटाङमा खहरे खोलाभमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    भारी वर्षापछि शनिबार साँझ आएको बाढीले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो ।

    राईलाई स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको नेर्पाका वडाध्यक्ष माधव राईले बताए । आफन्तको घरमा गएकी शान्ता फर्किन ढिला भएपछि खोज्ने क्रममा खोलामा मृत फेला परेका हुन् ।

    यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए ।


    खोजतलास गर्ने क्रममा परियारको शव करिब सय मिटर तल फेला परेको थियो । दुवै शवको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology