Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि ,उमाप्रसाद स्मारक अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि ,उमाप्रसाद स्मारक अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २७, २०७७ मंगलवार • १०:४९:०६ बजे
  • 1.9K
    SHARES
  • चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि ,उमाप्रसाद स्मारक अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द
    एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । 

    अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

    अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

    अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology