Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव फेला

पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८३ आइतवार • १२:०२:४८ बजे
  • 244
    SHARES
  • पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव फेला

     उत्तरी पाकिस्तानमा यो साता आएको शक्तिशाली हिमपहिरोमा परी आफ्ना अन्य नौ जना टोली सदस्यहरूसँगै ज्यान गुमाएका विश्वविख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव उद्धारकर्ताहरूले फेला पारेका छन् । अल्पाइन क्लब अफ पाकिस्तानले आइतबार यसको पुष्टि गरेको हो । पुर्जासँगै, वाङ झोङ, निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु) को शव फेला परेको अल्पाइन क्लबले सामाजिक सञ्जालमा राखेको छ ।

    images

    'स्थल उद्धार टोली ब्रोड पिकको लगभग ५,७०० मिटरको उचाइमा निम्स दाइसम्म पुगेको छ, एउटा यस्तो हिमाल जसलाई उहाँले असाध्यै माया गर्नुहुन्थ्यो, र त्यही हिमालले आज उहाँलाई हामीबाट खोसेको छ,' अल्पाइन क्लबले सामाजिक सञ्जालमा लेखेको छ । 


    अल्पाइन क्लबका महासचिव एयाज सिग्रीले एएफपीसँग कुरा गर्दै खराब मौसमका कारण उद्धार कार्य कठिन भए पनि उच्च उचाइमा सञ्चालित अभियानमार्फत पुर्जा र अन्य तीन जनाको शव संकलन गरिएको जानकारी दिएका छन् । 


    गत बिहीबार आएको विनाशकारी हिमपहिरोमा परेर ४३ वर्षीय पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण दलसँगको सम्पर्क विच्छेद भएको थियो । पुर्जाको आरोहण कम्पनीले शनिबार नै टोलीका कुनै पनि सदस्य जीवित नरहेको पुष्टि गरिसकेको थियो । 

    क्षेत्रीय अधिकारीहरूका अनुसार शुक्रबार फेला पारिएका तीन जना आरोहीहरू–एक ओमानी महिला, एक नेपाली पुरुष र एक अमेरिकी महिलाको शवलाई हवाइमार्फत स्कार्दु सहर लगिसकिएको छ । अल्पाइन क्लबका अनुसार सो टोलीमा एक चिनियाँ नागरिक र अन्य केही नेपाली नागरिकहरू पनि सहभागी थिए । 


    यस दुखद घटनाले विश्वभरको पर्वतारोहण समुदाय र विशेष गरी नेपालमा गहिरो शोक छाएको छ । विश्वभरका विभिन्न नेताहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology