Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोमा परी जाजरकोटमा दुई जनाको मृत्यु

पहिरोमा परी जाजरकोटमा दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०८३ आइतवार • ०५:५१:४७ बजे
  • 556
    SHARES
  • पहिरोमा परी जाजरकोटमा दुई जनाको मृत्यु

    अविरल वर्षासँगै गएको पहिरोमा परी जाजरकोटमा दुई जनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका वडा नं. २ मा गएको पहिरोमा परेर दुई स्थानीयको ज्यान गएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्की र सोही वडाको थलहका ५४ वर्षीया उमासिंह खत्री रहेका छन्। पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

    पहिरोमा परी सोही वडाका ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गरी सो वडाका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवान परिचालन भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology