Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भोटेकोसी बाढी अपडेट: मृतकको संख्या २०७ पुग्यो, नवलपरासी पूर्वमै ६२ को शव फेला

भोटेकोसी बाढी अपडेट: मृतकको संख्या २०७ पुग्यो, नवलपरासी पूर्वमै ६२ को शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०८३ बिहिवार • ०७:०८:२८ बजे
  • 829
    SHARES
  • भोटेकोसी बाढी अपडेट: मृतकको संख्या २०७ पुग्यो, नवलपरासी पूर्वमै ६२ को शव फेला

    काठमाडौँ - रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ। बाढीले प्रभावित बनाएका विभिन्न जिल्लाहरूबाट शव फेला पर्ने क्रम जारी भएसँगै मृतकको संख्या बढेको हो। 

    images

    प्राप्त पछिल्लो विवरण अनुसार पूर्वी नवलपरासीमा मात्रै ६२ जनाको शव फेला परेको छ। नवलपरासी पूर्व प्रहरीका अनुसार फेला परेका शवमध्ये २६ जनाको शवलाई ७ वटा अस्पतालमा राखिएको छ भने ३६ जनाको शव अझै घटनास्थलमै रहेको छ।

    यसअघि संकलन गरिएको तथ्याङ्क अनुसार बाढीका कारण चितवनमा ६९, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ६ र रसुवामा २ जनाको शव फेला परेको थियो। बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन र शवहरूको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

    यसैगरी, बाढीमा परी घाइते भएका ३३ जनाको हाल काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा १९ जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र मनमोहन अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको छ। काठमाडौँ ल्याइएका अन्य घाइतेहरू भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा घाइतेहरूको उद्धार कार्य बिहीबार पनि तीव्र रूपमा भइरहेको छ। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology