Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ कुवेतद्वारा बाढीपीडितलाई ५० हजार सहयोग घोषणा

नेपाल पत्रकार महासंघ कुवेतद्वारा बाढीपीडितलाई ५० हजार सहयोग घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८३ शुक्रवार • ०६:४०:०७ बजे
  • 814
    SHARES
  • नेपाल पत्रकार महासंघ कुवेतद्वारा बाढीपीडितलाई ५० हजार सहयोग घोषणा

    कुवेत - रसुवास्थित भोटेकोसीमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आर्थिक सहयोगको घोषणा गरेको छ। महासंघले बाढीपीडितको मद्दतका लागि 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा जम्मा हुने गरी ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

    images

    वैदेशिक रोजगारीको सिलसिलामा परदेशमा रहे पनि मातृभूमिमा आइपर्ने प्राकृतिक विपत्ति र संकटको घडीमा सधैं नेपाली नागरिकको साथमा रहने प्रतिबद्धता स्वरूप यो सहयोग घोषणा गरिएको महासंघका अध्यक्ष राज मल्लले जानकारी दिएका छन्। भौगोलिक रूपमा टाढा भए पनि स्वदेशमा परेको विपत्तिमा मलम लगाउनु प्रवासमा रहेका सञ्चारकर्मी तथा सामाजिक संस्थाहरूको दायित्व भएको उनले बताए।

    बाढी-पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूप्रति महासंघ कुवेत शाखाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। साथै, विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीका कारण विस्थापित बनेका परिवारहरूलाई तत्काल उचित राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था मिलाउन महासंघले सरकारसँग आग्रहसमेत गरेको छ।

    प्रवासमा रहेर पनि आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर वहन गर्दै आएको नेपाल पत्रकार महासंघ कुवेत शाखाले यसअघि पनि नेपालमा आइपरेका विभिन्न प्राकृतिक संकट, महाभूकम्प तथा महामारीका समयमा अग्रसर भई आर्थिक तथा भौतिक सहयोग पुर्‍याउँदै आएको थियो।

    हाल घोषित सहयोग रकम पनि छिट्टै नै आधिकारिक र औपचारिक माध्यमबाट प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने कुवेत शाखाले जनाएको छ। साथै कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई समेत उक्त विपत्तिमा सक्दो सहयोग गर्न समेत अनुरोध गरेको छ ।  विपत्तिको यो कठिन घडीमा प्रवासबाट प्राप्त यस्ता सहयोगले पीडितहरूको घाउमा केही हदसम्म मलम लगाउनुका साथै नेपालीहरूबीचको एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    1787898783106.jpg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology