Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा ‘NKSS Concert 2026’ हुँदै, बाढी पीडितको सहयोगार्थ गायक VTEN स्टेज उत्रने

कुवेतमा ‘NKSS Concert 2026’ हुँदै, बाढी पीडितको सहयोगार्थ गायक VTEN स्टेज उत्रने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०८३ सोमवार • १५:०६:०० बजे
  • 757
    SHARES
  • कुवेतमा ‘NKSS Concert 2026’ हुँदै, बाढी पीडितको सहयोगार्थ गायक VTEN स्टेज उत्रने

    कुवेत - नेपाल कुवेत सरोकार समाजको पहलमा भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले “NKSS Concert 2026” आयोजना हुने भएको छ। नेपाल कुवेत सरोकार समाज (NKSS) द्वारा आयोजित उक्त सांगीतिक कार्यक्रम आगामी १८ डिसेम्बर २०२६ शुक्रबारका दिन कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुल (Aspire Indian School, Jleeb) को सभा हलमा आयोजना गरिनेछ ।

    images

    कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका चर्चित र्यापर तथा गायक VTEN (समीर घिसिङ) मुख्य आकर्षणका रूपमा प्रस्तुत हुनेछन्। VTEN को प्रत्यक्ष प्रस्तुति हेर्न कुवेतमा रहेका नेपाली दर्शकमाझ उत्साह बढेको छ। बाढीबाट प्रभावित नेपालीहरूको सहयोगार्थ आयोजित यस कार्यक्रमलाई NIREM ले व्यवस्थापन गरिरहेको छ । आयोजकका अनुसार कुवेतमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सेवाको उद्देश्यलाई समेत सशक्त बनाउने लक्ष्यका साथ कन्सर्ट आयोजना गर्न लागिएको हो।

    कार्यक्रममा कुवेतमा रहेको NepTone Band को विशेष प्रस्तुती साथमा नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा समाजिक अभियानसम्बन्धी विभिन्न गतिविधि पनि समावेश गरिने अपेक्षा गरिएको छ।आयोजकले कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई बाढी पीडितको सहयोग अभियानमा साथ दिन आग्रह गरेको छ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology